A warm welcome to the JICA Tsukuba Team in Nepal !
It is a great honor for the SMS Group to serve as a bridge connecting Nepal and Japan.
A warm welcome to the JICA Tsukuba Team in Nepal !
It is a great honor for the SMS Group to serve as a bridge connecting Nepal and Japan.
A warm welcome to the JICA Tsukuba Team in Nepal !
It is a great honor for the SMS Group to serve as a bridge connecting Nepal and Japan.
टाेकियाे – एलन मस्कले OpenAI सँगको प्रतिस्पर्धालाई नयाँ मोडमा पुर्याउँदै Chat GPT का निर्माण तथा सञ्चालन गर्ने गैर-नाफामुलक संस्थामा $९७.४ बिलियनको एक अभूतपूर्व बोली लगाएका छन् । यस कदमले मस्क र OpenAI का CEO साम अल्टम्यान बीचको पुरानो र जटिल विवादलाई पुनः सतहमा ल्याएकाे छ । अल्टम्यानले मस्कको प्रस्तावलाई व्यंग्यात्मक रूपमा अस्वीकार गर्दै X (पूर्व Twitter) मा लेखे, ‘मैले मस्कको प्लेटफर्मलाई $९.७४ बिलियनमा किन्ने प्रस्ताव गरेको छु।’
यो विवाद OpenAI को गैर-नाफामुलक संस्थाबाट नाफामुलक संस्थामा रुपान्तरण गर्ने विवादास्पद निर्णयसँग जोडिएको छ । जसको मस्कले कानूनी चुनौती दिएका छन् । उनका अनुसार यस परिवर्तनले संस्थाको AI सुरक्षा र मानवताको फाइदाका लागि काम गर्ने मूल उद्देश्य को विपरित छ ।
मस्कले २०१५ मा साम अल्टम्यानसँग मिलेर OpenAI काे स्थापना गरेका थिए । जसको उद्देश्य मानवताको फाइदाका लागि Open Source AI अनुसन्धानमा केन्द्रित रहनु थियो । तर जब OpenAI जनरेटिव AI क्षेत्रमा प्रमुख शक्ति बन्यो मस्क त्यहाँबाट अलग भए । त्यसपछि उनले आफ्नै AI कम्पनी xAI स्थापना गरे जसकाे हाल $४० बिलियनको मूल्यांकन र $ ६ बिलियनको लगानी सुरक्षित छ । मस्कको OpenAI काे स्वामित्व लिने प्रयास त्यतिबेला आएको हो जब कम्पनी नयाँ लगानीको खोजीमा छ । रिपोर्टहरूका अनुसार, SoftBank OpenAI मा $ ३०० बिलियनको मूल्यांकनमा प्रमुख भूमिका खेल्नका लागि वार्ता गरिरहेको छ ।
मस्कको कानूनी संघर्ष OpenAI को संरचनामा भएको यो परिवर्तनको विरुद्ध छ । उनका अनुसार संस्थाका प्रमुख नेतृत्व विशेष गरी अल्टम्यानले संस्थाको मूल उद्देश्यलाई त्याग्दै व्यावसायिकतामा प्राथमिकता दिएका छन् । मस्कको मुद्दाले OpenAI को नाफामुलक संरचनामा रूपान्तरणलाई रोक्नका लागि अदालतमा चुनौती दिएको छ । मस्कको प्रस्तावलाई समर्थन गर्ने कन्सोर्टियममा प्रमुख वित्तीय संस्थाहरू जस्तै बारोन क्यापिटल ग्रुप र इम्यानुएल क्यापिटल समावेश छन् ।
विश्लेषकहरूको अनुसार OpenAI को बोर्डले मस्कको प्रस्तावलाई अस्वीकार गर्दा संस्थाको दीर्घकालीन हितलाई ध्यानमा राखेर निर्णय गर्नुपर्नेछ । विशेष गरी यसको विशाल मूल्यांकन र कानूनी जटिलताहरूलाई समेट्दै मस्कको वित्तीय क्षमता यथार्थमा सीमित हुन सक्छ विशेष गरी $ ४४ बिलियनको X (पूर्व Twitter) अधिग्रहण पछि। त्यसैले यस प्रकारको विशाल रकमको बोलीका लागि पूँजी जुटाउन चुनौतीपूर्ण हुन सक्छ ।
यसै बीच OpenAI को हाल मूल्यांकन $१५७ बिलियन छ । आफ्नो आगामी विस्तारका लागि नयाँ लगानीकर्तासँग वार्ता गरिरहेको छ । मस्कको बोलीले यस फंडिङ प्रयासमा अवरोध ल्याउन सक्छ । जसले कम्पनीलाई भविष्यका सम्भावित लगानीकर्तासँग असहज स्थिति सिर्जना गर्न सक्छ ।
यो किन महत्त्वपूर्ण छ?
कानूनी विशेषज्ञ र उद्योग विश्लेषकहरूले मस्कको बोलीलाई OpenAI को भविष्यका लागि एउटा महत्वपूर्ण मोडको रूपमा हेरिरहेका छन् । येल ल विश्वविद्यालयका कर्पोरेट गभर्नन्स प्रोफेसर जोनाथन मेसीले भनेका छन् कि OpenAI को बोर्ड अहिले एक कठिन निर्णयको स्थितिमा छ । यदि बोर्डले उच्च प्रस्तावलाई अस्वीकार गर्दै अर्को फंडिङ रणनीतिमा जान्छ भने यसले संस्थाको मूल उद्देश्य र दीर्घकालीन हितको पक्षमा छ कि छैन भन्ने प्रश्न उठ्न सक्छ ।
यसैगरी मस्कको आलोचना OpenAI र माइक्रोसफ्ट बीचको साझेदारीसँग पनि महत्त्वपूर्ण छ । माइक्रोसफ्ट जसले OpenAI मा महत्वपूर्ण लगानी गरेको छ । अब OpenAI को भविष्यको रणनीतिमा प्रमुख भूमिका खेल्न सक्छ ।
यदि मस्कको योजना सफल भयो भने उनी OpenAI लाई फेरि एक खुला स्रोत र सुरक्षा-केंद्रित मोडेलमा फर्काउन सक्छन्, जसले उनलाई AI को विकासलाई पारदर्शी र नैतिक बनाउने उद्देश्यमा मद्दत पुर्याउनेछ । तर यदि OpenAI प्रतिरोध गर्छ भने यसले दीर्घकालीन कानूनी संघर्ष र वित्तीय अस्थिरताको सामना गर्नुपर्नेछ जसले यसको द्रुत विस्तारलाई प्रभावित पार्न सक्छ । मस्कको OpenAI मा पुनः नियन्त्रणको प्रयासले कम्पनीको रणनीतिक दृष्टिकोण र भविष्यकाे व्यवसायिक योजनाहरूमा गहिरो प्रभाव पार्न सक्छ। एजेन्सीकाे सहयाे *** https://samudrapari.com
1. SLC /+2 छैन वर्किङ भिषामा जापान जान मिल्छ ?
➡️मिल्छ तर 6 महिना जति जापानीज भाषा सिकेर N4 तह उत्तिण गर्नपर्ने हुन्छ यसको लागि तपाईंलाई हामी Support गर्नेछौं सम्पर्क गर्नुहोस ।
2. स्नातक / स्नातकोत्तर गर्नेले वर्किङ भिषामा जापान कसरी जाने ?
➡️6 महिनाजति जापानीज भाषा सिक्ने र Communication level N4 तहको भएपछि जापानमा Company खोजेर Apply गर्न सकिन्छ त्यसकोलागि हामी सहयोग गर्नेछौ सम्पर्क गर्नुहोला ।
चिनियाँ अर्बपति तथा इ-कमर्स साइट अलिबाबाका संस्थापक ज्याक मा जापानमा लुकेर बसेको तथ्य सार्वजनिक भएको छ। चीनमा सुरक्षा नभएको भन्दै उनी परिवारसहित जापानमा लुकिरहेको द गार्डियनले लेखेको छ।
दुई वर्षअघि सांघाईमा भएको सम्मेलनमा चिनियाँ नियामक निकायहरूले प्रविधि कम्पनीमाथि गर्ने व्यवहारको आलोचना गरेका थिए।
‘एउटा नियम थप्ने हो भने पुराना तीन वटा नियम खारेज हुनुपर्छ। तर अनावश्यक नियम थुपारेर नियम उल्लंघनका लागि राज्यले नै प्रेरित गरिरहेको छ,’ ज्याक माको टिप्पणी थियो।
आविष्कार भनेकै त्रुटि सधार्दै हुने हो भन्ने कुरा चीनको नेतृत्व र नियामक निकायले नबुझेको उनको धारणा थियो।
‘नियामक निकायदेखि तर्सिएर असल आविष्कार हुन सक्दैन। भविष्यका लागि गरिने आविष्कारलाई पुरातन नियमले बाँध्न मिल्दैन यसबारे सोच्नुपर्छ,’ सम्मेलनमा उनले भनेका थिए।
चीनले प्रविधि कम्पनीलाई निरूत्साहित गर्न खोजेको भन्दै सरकारी नीतिको विरोध गरेपछि राष्ट्रपति सी चिनफिङ उनीप्रति आक्रोशित बनेका थिए।
सरकारी नीतिको विरोध गर्दा आफू असुरक्षित रहेको भन्दै ज्याक मा चीन बाहिर बस्दै आएका छन्।
६ महिनादेखि ज्याक मा जापानमा बस्दै आएको फाइनान्सियल टाइम्सले मंगलबार खुलासा गरेको द गार्डियनले उल्लेख गरेको छ।
अलिबाबाविरूद्ध नियामक निकाय कठोर भएपछि ज्याक मा आर्जन नै आधा घटेको छ। ५० अर्ब डलरबाट उनको सम्पत्ति २१.७ अर्ब डलर पुगेको छ।
नियामक निकायले शेयर बजारमा अलिबाबाको ३४ अर्ब बराबरको पैसा रोक्का गरिदिएका छन् भने माको स्वामित्वमा रहेको साउथ चाइना मर्निङ पोस्ट बेच्नका लागि पनि निर्देशन दिएको छ।
Source: setopati.com
टोकियो – जापान एयरलाइन्सले वातावरणमैत्री विमानको उडान शुरु गरेको छ । जापान एयरलाइन्सले हानेडा-नाहा रुटमा चार्टर उडानका लागि वातावरणीय इन्धन प्रयोग गर्दै वातावरणमैत्री विमान संचालनमा ल्याएको हो ।
कार्बन उत्सर्जन उड्डयन उद्योगको संघर्षको सबैभन्दा ठूलो बाधाहरू मध्ये एक हो । यस उडानमा प्रयोग भएको दिगो उड्डयन इन्धनले कार्वन डाइअक्साइडको उत्सर्जन लगभग ८० प्रतिशतले घटाउने भनिएको छ । वातावरणमैत्री इन्धन मुख्यतया फोहोर तेलबाट उत्पादन गरिन्छ ।
वातावरणमैत्री इन्धन व्यापक प्रयोगमा लैजाने प्रयासलाई मध्यनजर गर्दै सञ्चालनका क्रममा जैविक इन्धन प्रयोग गर्ने उडान पनि शून्य अपशिष्ट सिद्धान्तका साथ सञ्चालन गरिएको एयरलाइन्सले जनाएको छ ।
एयरलाइन्सले दिगो उड्डयन इन्धन प्रयोग गरी सेवा प्रदान गर्ने नयाँ सहरहरू थप्ने र २०२४ देखि नियमित उडानमा वातावरणमैत्री इन्धन प्रयोग गर्ने योजना रहेको बताएको छ । यसको प्रतिद्वन्द्वी एएनएले सन् २०२० देखि वातावरणमैत्री इन्धन प्रयोग गर्दै आएको छ।
Source: Samudrapari.com
टोकियो – कोभिड महामारी सुरु भए देखि सीमा प्रतिबन्ध गरेको जापानले भर्खरै सीमा पुन: खोलेको छ । जसकारण विदेशी विद्यार्थी जापान भित्रिने क्रम फेरी तिव्र रुपमा अगाडी बढेको छ ।
यस वर्षको जुन महिनाको अन्त्यसम्ममा विद्यार्थी, कामदार र अन्य गरी २९ लाख ६० हजारभन्दा बढी गैर-जापानीको बसाई रहेको पाइएको छ । जापान आउने अधिकांस विदेशी जापानी भाषा सिक्न आउने गरेको पाइन्छ ।
जापानको न्याय मन्त्रालयले हालै सार्वजनिक गरेको रेकर्डअनुसार विदेशी विद्यार्थीहरूलाई ८२४ जापानी भाषा विद्यालयहरूले भिसा प्रदान गर्दछ । करिब १० वर्षमा यो संख्या झण्डै दोब्बर भएको हो । जापानका विश्वविद्यालय र प्राविधिक विद्यालयहरूमा आवेदन दिनुअघि विद्यार्थीहरू सामान्यतया यी विद्यालयहरूमा केही वर्ष भर्ना हुने गरेका छन् ।
भाषा सिक्न जापान आउनेहरुमा ४० प्रतिशत पूर्वी एसियाका र ३० प्रतिशत दक्षिणपूर्वी एसियाका हुने गरेका छन्।
source : सीमा प्रतिबन्ध हटेसँगै जापानमा बढ्न थाल्यो विदेशी विद्यार्थीको चाप – Samudrapari.com
टोकियो – संसारमै सबभन्दा बढी ज्येष्ठ नागरिक जनसंख्या भएको जापान । जनसंख्याको ३३ प्रतिशत ६५ वर्ष उमेर नाघेको समूह जापानमा ३ करोड ६० लाख बढी छ, नेपालको जनसंख्याभन्दा बढी ।
जापानको नागरिक औसत ८४ बर्ष सम्म बाँच्छन् । सामान्यतः धेरै जापानी सय बर्ष भन्दा बढी बाँच्छन् । सय बर्ष नाघेको ज्येष्ठ नागरिकहरुको संख्या नै ९० हजार ५२६ रहेको छ । र उनीहरु लामो समय बाँच्ने मात्र होइन ९० /१०० को उमेरसम्म पनि फूर्तिलो र तन्दुरुस्त हुन्छन् । सुन्दै अचम्म लाग्न सक्छ तर जापानी वृद्धवृद्धा १०० बर्षको उमेरमा पनि उतिनै सक्रिय रहेको देखिन्छन् । जापानी ज्येष्ठ नागरिक परिवारप्रति आश्रित हुँदैनन् । ६५/६९ को उमेरमा कार्यालयमा काम गरिरहेका जेष्ठ नागरिक प्रशस्तै देख्न सकिन्छ । ६० बर्षमा त उनीहरु जवान नै हुन्छन् । यसको प्रमुख कारण स्थानीय जीवनशैली, खानपान, चिन्तन नै रहेको विभिन्न रिपोर्टहरुले बताएका छन् ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले संकलन गरेको तथ्याङ्क अनुसार सन् २०२१मा जापानमा ६५ वर्ष र माथिको उमेरका कार्यरत जेष्ठ नागरिकको संख्या नौ लाख नौ हजार देखिएको छ । यो संख्या पछिल्लो १८ वर्ष देखि लगातार बढिरहेको छ । तथ्याङ्कले ६५ वर्षका कर्मचारीको रोजगारी दर २५ दशमलब १ प्रतिशत र ६५ देखि ६९ वर्ष उमेर समूहका कर्मचारीको रोजगारी दर ५० दशमलब ३ प्रतिशत रहेको देखाएको छ । ६५ देखि ६९ वर्षका कामदारहरूको संख्या सन् २०१३ देखि बढ्न थालेको हो । जापानको जनसङ्ख्या घट्दै जाँदा र औसत उमेर बढ्दै जाँदा वृद्ध व्यक्तिहरूको रोजगारीको स्थिरीकरण सम्बन्धी संशोधित ऐन अप्रिल २०२१ मा लागू भएको थियो । यसले कम्पनीहरूलाई ७० वर्षको उमेरसम्मका व्यक्तिलाई काममा राख्न पाउने अनुमति दिएको थियो ।
टोकियो – जापानी मुद्रा येन केही दशकयताकै न्यून अवस्थामा रहँदा यस आर्थिक वर्षमा पहिलो पटक त्यहाँको अर्थतन्त्रमा दबाब बढेर गएको छ । जापानको अर्थतन्त्र यस वर्षको तेस्रो त्रैमाससम्ममा (जुलाई देखि सेप्टेम्बर)मा अघिल्लो वर्षकोभन्दा १.२ प्रतिशतले घटेको छ ।
अर्थशास्त्रीहरूले भने त्यहाँ १.१ प्रतिशतको वृद्धि देखिने अपेक्षा गरिरहेका थिए । घट्दो येनको कारण आयात बिल (इम्पोर्ट बिल्स) को दर महँगिएको छ । कोभिडको केसबढेपछि त्यहाँका मानिसहरूको उपभोगमा समेत कमि आएपछि पनि अर्थतन्त्रमा कमि आएको हो ।
जापानमा अन्तिम त्रैमासमा मात्रै वृद्धिको सम्भावना रहेको त्यहाँका अर्थविद्हरूको प्रक्षेपण छ । सो समयमा पर्यटकहरूको आगमन बढ्ने र त्यहाँका प्रधानमन्त्रीले मूल्य वृद्धिको सामना गर्न थप २ सय ६ अर्ब डलर खर्चिने योजना बनाएकाले यसको प्रभाव देखिने अपेक्षा गरिएको हो ।
जापानले कामदारहरूको अभावलाई सम्बोधन गर्न १ अप्रिल २०१९ बाट नयाँ कानूनलाई अनुमोदन गरी विदेशी कामदार भित्र्याइरहेको छ । जापानले विशेष गरी भियतनाम, चीन, फिलिपिन्स, इन्डोनेसिया, कम्बोडिया, थाइल्याण्ड, नेपाल लगायत अन्य देशबाट कामदार लिइरहेको छ ।