SMS ग्रुपका डाइरेक्टर चुडामणि काफ्ले ज्यूले नेपाल टेलिभिजनको “गन्तव्य नेपाल” कार्यक्रममा ..

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fyoutu.be%2FSVuei_Tt0O4%3Fsi%3D36S8MXkO-

SMS ग्रुपका डाइरेक्टर चुडामणि काफ्ले ज्यूले नेपाल टेलिभिजनको “गन्तव्य नेपाल” कार्यक्रममार्फत नेपाली पर्यटन क्षेत्रका सम्भावना, चुनौतीहरू तथा आगामी योजनाबारे आफ्ना धारणा व्यक्त गर्नु हुँदै !!

 

जापानको लागि SSW ड्राइभिङ भिसा तपाईंहरूका लागि उत्कृष्ट अवसर हुन सक्छ।

जापानको लागि SSW ड्राइभिङ भिसा तपाईंहरूका लागि उत्कृष्ट अवसर हुन सक्छ।
यस कार्यक्रम अन्तर्गत तपाईंले राम्रो तलब पाउनुहुनेछ र यो सीपमा आधारित काम भएकाले जापानमा दीर्घकालीन रूपमा बस्न र काम गर्न सकिनेछ।

यस भिसाको लागि तपाईंले लगभग ६ महिना जापानी भाषा अध्ययन गर्नु आवश्यक हुन्छ। साथै, ड्राइभिङ सिपसम्बन्धी परीक्षा पनि हुनेछ, जसमा सफल भएपश्चात तपाईं जापान जान योग्य हुनुहुनेछ।

सम्पूर्ण प्रक्रिया र व्यवस्थापन SMS Corporation ले गर्नेछ।
अझ विस्तृत जानकारीका लागि हाम्रो कार्यलयमा संपर्क गर्नुहोस।

Phone: 015911204

New Baneshwor 31, Kathmandu

जापानको प्रतिष्ठित Transport कम्पनी SEINO का प्रबन्ध निर्देशकले नेपाल भ्रमण गर्नु भएको छ ।

साढे सात खर्ब नेपाली रूपैयाँ भन्दा धेरै बार्षिक कारोबार भएको जापानको प्रतिष्ठित Transport कम्पनी SEINO का प्रबन्ध निर्देशकले भर्खरै नेपाल भ्रमण सम्पन्न गर्नु भएको छक्त कम्पनीमा हाल ३०,००० भन्दा बढी सवारी चालकहरु कार्यरत छन् र साथै हजारौँको संख्यामा थप कामदार आवस्यक रहेको जानकारी गराउनु भएको छ ।नेपालबाट पनि सवारी चालकहरू भर्ना गर्ने उद्देश्यले उहाँ नेपाल आउनुभएको हो। नेपालबाट यस प्रकृयाको सम्पूर्ण व्यवस्थापन एसएमएम ग्रुपले गर्ने गरि SEINO कम्पनी र एसएमएस ग्रुपबीच व्यवसायिक सम्झौता गरेर काम गर्ने गरी सहमती भएको छ।

सूचना !  सूचना !– – जापानको ड्राइभिङ भिजाको बारेमा !

      JUNE 4,       समय : बिहान ८ बजे–

JUNE 4 तारिख एसएमएस ग्रुपको कार्यालय, नयाँ बानेश्वरमा जापानकै प्रतिष्ठित ड्राइभिङ कम्पनीको प्रतिनिधिसहित बृहत सेमिनारको आयोजना गर्दैछौं।

👉 इच्छुक व्यक्तिहरू हाम्रो कार्यालयमा उपस्थित भई जापानको ड्राइभिङ भिजाको बारेमा बुझ्ने अवसर नछुटाउनुहोला ..
– JUNE  4, समय : बिहान ८ बजे—
Contact: 015911204     

https://app.thulo.com/s-m-s208/ps/forms/wtl/70fba5aef4e6bcbb9a49bc648c934820?styled=1&with_logo=1

+2 सकियो अब के गर्ने ?

S.M.S. Corporation Pvt. Ltd. is a leading educational consultancy and language school based in Kathmandu, Nepal. We specialize in Japanese language courses, as well as IELTS, PTE, and mock test preparation for individuals aspiring to study or work in Japan and other countries. Our services cater to a diverse audience, including those aiming to work as Specified Skilled Workers (SSW), dependent or trainee workers, and anyone pursuing a career in a foreign language.

Established in 2016 and licensed by the Government of Nepal, S.M.S. Corporation has built a strong reputation for excellence and trust in student recruitment. With a robust presence across Nepal through two branch offices and international offices in Japan, the UK, and Australia, we are a trusted partner for students seeking educational opportunities abroad. To date, we have successfully placed over 2,500 students in esteemed universities across major Commonwealth countries.

🎓 SMS GROUP – Seminar Announcement | May 26

🎓 SEMINAR ANNOUNCEMENT

📅 Date: May 26, 2025
🕗 Time: 8:00 AM
📍 Location: SMS GROUP, 4th Floor — Near Civil Hospital, New Baneshwor, Kathmandu

🗣 Topic: Free Scholarship Opportunities for Studying in Japan

Highlights:

  • Meet the Principal from a Japanese Language School

  • Learn about Full Scholarships for Japanese Language Classes

  • Interact with Representatives from Japanese Educational Institutions

📞 Contact: 01-5911204
🌐 Website: www.smsabroad.com

एलन मस्कले OpenAI पुनः अधिग्रहणका लागि $९७.४ बिलियनको प्रस्ताव

टाेकियाे – एलन मस्कले OpenAI सँगको प्रतिस्पर्धालाई नयाँ मोडमा पुर्‍याउँदै Chat GPT का निर्माण तथा  सञ्चालन गर्ने गैर-नाफामुलक संस्थामा $९७.४ बिलियनको एक अभूतपूर्व बोली लगाएका छन् । यस कदमले मस्क र OpenAI का CEO साम अल्टम्यान बीचको पुरानो र जटिल विवादलाई पुनः सतहमा ल्याएकाे छ । अल्टम्यानले मस्कको प्रस्तावलाई व्यंग्यात्मक रूपमा अस्वीकार गर्दै X (पूर्व Twitter) मा लेखे, ‘मैले मस्कको प्लेटफर्मलाई $९.७४ बिलियनमा किन्ने प्रस्ताव गरेको छु।’

यो विवाद OpenAI को गैर-नाफामुलक संस्थाबाट नाफामुलक संस्थामा रुपान्तरण गर्ने विवादास्पद निर्णयसँग जोडिएको छ । जसको मस्कले कानूनी चुनौती दिएका छन् । उनका अनुसार यस परिवर्तनले संस्थाको AI सुरक्षा र मानवताको फाइदाका लागि काम गर्ने मूल उद्देश्य को विपरित छ ।

मस्कले २०१५ मा साम अल्टम्यानसँग मिलेर OpenAI काे स्थापना गरेका थिए । जसको उद्देश्य मानवताको फाइदाका लागि  Open Source AI अनुसन्धानमा केन्द्रित रहनु थियो । तर जब OpenAI जनरेटिव AI क्षेत्रमा प्रमुख शक्ति बन्यो मस्क त्यहाँबाट अलग भए । त्यसपछि उनले आफ्नै AI कम्पनी xAI स्थापना गरे जसकाे हाल $४० बिलियनको मूल्यांकन र $ ६ बिलियनको लगानी सुरक्षित छ । मस्कको OpenAI काे स्वामित्व लिने प्रयास त्यतिबेला आएको हो जब कम्पनी नयाँ लगानीको खोजीमा छ । रिपोर्टहरूका अनुसार, SoftBank OpenAI मा $ ३०० बिलियनको मूल्यांकनमा प्रमुख भूमिका खेल्नका लागि वार्ता गरिरहेको छ ।

मस्कको कानूनी संघर्ष OpenAI को संरचनामा भएको यो परिवर्तनको विरुद्ध छ । उनका अनुसार संस्थाका प्रमुख नेतृत्व विशेष गरी अल्टम्यानले संस्थाको मूल उद्देश्यलाई त्याग्दै व्यावसायिकतामा प्राथमिकता दिएका छन् । मस्कको मुद्दाले OpenAI को नाफामुलक संरचनामा रूपान्तरणलाई रोक्नका लागि अदालतमा चुनौती दिएको छ । मस्कको प्रस्तावलाई समर्थन गर्ने कन्सोर्टियममा प्रमुख वित्तीय संस्थाहरू जस्तै बारोन क्यापिटल ग्रुप र इम्यानुएल क्यापिटल समावेश छन् ।

विश्लेषकहरूको अनुसार OpenAI को बोर्डले मस्कको प्रस्तावलाई अस्वीकार गर्दा संस्थाको दीर्घकालीन हितलाई ध्यानमा राखेर निर्णय गर्नुपर्नेछ । विशेष गरी यसको विशाल मूल्यांकन र कानूनी जटिलताहरूलाई समेट्दै मस्कको वित्तीय क्षमता यथार्थमा सीमित हुन सक्छ विशेष गरी $ ४४ बिलियनको X (पूर्व Twitter) अधिग्रहण पछि। त्यसैले यस प्रकारको विशाल रकमको बोलीका लागि पूँजी जुटाउन चुनौतीपूर्ण हुन सक्छ ।

यसै बीच OpenAI को हाल मूल्यांकन $१५७ बिलियन छ । आफ्नो आगामी विस्तारका लागि नयाँ लगानीकर्तासँग वार्ता गरिरहेको छ । मस्कको बोलीले यस फंडिङ प्रयासमा अवरोध ल्याउन सक्छ । जसले कम्पनीलाई भविष्यका सम्भावित लगानीकर्तासँग असहज स्थिति सिर्जना गर्न सक्छ ।

यो किन महत्त्वपूर्ण छ?

कानूनी विशेषज्ञ र उद्योग विश्लेषकहरूले मस्कको बोलीलाई OpenAI को भविष्यका लागि एउटा महत्वपूर्ण मोडको रूपमा हेरिरहेका छन् । येल ल विश्वविद्यालयका कर्पोरेट गभर्नन्स प्रोफेसर जोनाथन मेसीले भनेका छन् कि OpenAI को बोर्ड अहिले एक कठिन निर्णयको स्थितिमा छ । यदि बोर्डले उच्च प्रस्तावलाई अस्वीकार गर्दै अर्को फंडिङ रणनीतिमा जान्छ भने यसले संस्थाको मूल उद्देश्य र दीर्घकालीन हितको पक्षमा छ कि छैन भन्ने प्रश्न उठ्न सक्छ ।

यसैगरी मस्कको आलोचना OpenAI र माइक्रोसफ्ट बीचको साझेदारीसँग पनि महत्त्वपूर्ण छ । माइक्रोसफ्ट जसले OpenAI मा महत्वपूर्ण लगानी गरेको छ । अब OpenAI को भविष्यको रणनीतिमा प्रमुख भूमिका खेल्न सक्छ ।

यदि मस्कको योजना सफल भयो भने उनी OpenAI लाई फेरि एक खुला स्रोत र सुरक्षा-केंद्रित मोडेलमा फर्काउन सक्छन्, जसले उनलाई AI को विकासलाई पारदर्शी र नैतिक बनाउने उद्देश्यमा मद्दत पुर्याउनेछ । तर यदि OpenAI प्रतिरोध गर्छ भने यसले दीर्घकालीन कानूनी संघर्ष र वित्तीय अस्थिरताको सामना गर्नुपर्नेछ जसले यसको द्रुत विस्तारलाई प्रभावित पार्न सक्छ । मस्कको OpenAI मा पुनः नियन्त्रणको प्रयासले कम्पनीको रणनीतिक दृष्टिकोण र भविष्यकाे व्यवसायिक योजनाहरूमा गहिरो प्रभाव पार्न सक्छ। एजेन्सीकाे सहयाे *** https://samudrapari.com